फोप्ली स्वास्थ्य चौकीमा ५ बर्ष मुनिका कुपोषित बालबालिकाहरुको लागि चेकजाँच तथा उपचार
स्मृति घर्ती मगर प्युठान, नौबहिनी गाउँपालिका वडा न ८ मा रहेको फोप्ली स्वास्थ्य चौकीमा २० जना ५ बर्ष मुनिका कुपोषित बालबालिकाहरुको पुन: स्वास्थ्य चेकजाँच तथा उपचार सेवा प्रदान गरिएको छ।
जस अन्तर्गत ६ जना बालवालिकामा कडा कुपोषँण रहेको र त्यस मध्य अहिले कडा कुपोषँण भएको बच्चाको संख्यामा घटेर एकजनामा झरेको छ । १९ जना मध्यम कुपोषँणका बालबालिकाहरु रहेका छन्। त्यसमा ति सबै अहिले निको हुने क्रममा रहेको बताइएको छ ।
नौबहिनी गाउँपालिकामा सामुदायिक स्वास्थ्य ईकाई बाहाने केन्द्रबाट मात्र कुपोषित बालबालिकालाई उपचार गर्ने ओ.टि.सी. सेन्टर रहेको छ । तर फोप्लीमा कुपोषित बालबालिकाको सँख्या धेरै रहेकोले जनताको पहुँच र सर्वसुलभताको लागि फोप्ली स्वास्थ्य चौकीबाट नै उपचार गर्नको लागि नौबहिनी गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय प्यूठान सँग गरिएको अनुरोध तथा माँग अनुसार पालिका र स्वास्थ्य कार्यालय कै सरसल्लाह तथा समन्वयमा फोप्ली स्वास्थ्य चौकीमै कुपोषित बालबालिकाको उपचार गर्ने ब्यबस्था गरिएको हो ।
नजिकैको स्वास्थ्य चौकीमै कुपोषित बालबालिकाको उपचार गर्ने ब्यबस्था पाउँदा स्थानियहरु खुसी भएका छन्। भने उक्त ५ बर्ष मुनिका कुपोषित बालबालिकाहरुको उपचार यहिँ आर्थिक बर्ष देखि सुरु भैसकेको फोप्ली स्वास्थ्य चौकीका ईन्चार्ज हेल्थ असिस्टेन्ट प्रकाश घिमिरेले बताउनुभएको छ।








