समय : १०:४४ am | शुक्रबार , चैत्र ६ गते २०८२

प्युठानको  फार्मेशी तथा मेडिकलहलरुमा अनुगमन

स्वर्गद्वारी अपडेट | पौष २२ गते २०७९
  स्वर्गद्वारी अपडेट l  औषधी व्यवस्था विभाग नेपालगंज तथा ईलाका प्रशासन कार्यालय जस्पुरको संयुक्तमा टोलीले अनुगमन गरेको छ। प्युठान जिल्लाको माण्डवी  गाउँपालिका र स्वर्गद्धारी नगरपालिका  स्थित भिङग्री तथा बेलवासमा संचालनमा रहेका फार्मेशी र मेडिकल हलहरुको शुक्रबार अनुगमन गरेको छ l अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय जसपुर प्युठानका प्रमुख बाबुराम पुरी नायव सुब्बा सुकुनराज वि .क औषधी व्यवस्था विभागका निरिक्षकहरु दिपा पौडेल तथा सृजना पोख्रेल ईलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी नायव निरिक्षक हस्ते बहादुर घर्ति अस्थायी प्रहरी पोष्ट चकचकेका प्रहरी नायव निरिक्षक गणेश बि सी लगायतको सहभागित रहेको थियो । कुल पाँच वटा फार्मेशी तथा मेडिकल हलको अनुगमन गरिएको थियो। औषधी पसलमा फर्माशिष्ट उपस्थित नभएका दुईवटा औषधी पसलको फार्मेशी बन्द गरि अविलम्ब औषधी व्यवस्था विभाग नेपालगंज कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरि फर्माशिष्ट राखेपछि मात्र फार्मशी खोल्न दिने गरि निर्देशनसमेत दिईएको  ईलाका प्रसासन प्रमुख पुरीले जानकारी दिए ।उता मेडिकल तथा फार्मेसी संचालकहरुको गुनासो भने –“समयमा फर्माशिष्ट नपाईने र केहि समय  दिनुहोस भन्दा समेत ताला लगाएकोमा दुख ब्यक्त गरे ।” माण्डवी गाउँपालिका जसपुर स्थित एक  क्लिनिकले औषधी व्यवस्था विभागबाट औषधी बिक्रि वितरणको अनुमति नलिएको र फर्माशिष्ट वा फार्मेशी सहायक नराखेको हुँदा उक्त हेल्थ क्लिनिकलाई सिलबन्दी गरिएको छ ।‍बिगतमा गरिएका विभिन्न अनुगमनहरुमा समेत फर्माशिष्ट वा फार्मेशी सहायक नराखी औषधी पसल संचालन गर्ने गरेको भेटिएकोमा बारम्बार दिईएका निर्देशनहरुको अवज्ञा गर्ने र प्रचलित कानुनमा भएको व्यवस्थाको प्रतिकुल हुने गरि औषधी पसल तथा मेडिकल हल संचालन गर्ने गरेको हुँदा अनुगमनलाई अझ कडा बनाउँदै लगिने प्रमुख पुरीले बताए ।  

यो पनि पढ्नुहोस्