समय : ०६:१० pm | शनिबार , असार २८ गते २०८२

त्रिभुवन विश्व विद्यालय र युनिभर्सिटि अफ नेभाडा,रेनो बिच अनुसन्धान तथा शैक्षिक सहयोग प्रवद्र्धन गर्ने सम्झौता

स्वर्गद्वारी अपडेट | पौष २१ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ।याँ वर्ष २०२३ को सुरुवात सँगै त्रिभुवन विश्व विद्यालय र युनिभर्सिटि अफ नेभाडा,रेनो बिच अनुसन्धान तथा शैक्षिक सहयोग प्रवद्र्धन गर्न ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । २ जनवरी २०२३ सोमबारका दिन त्रिभुवन विश्व विद्यालयका उपकुलपति धर्म कान्त बास्कोटा र युनिभर्सिटि अफ नेभाडा,रेनो का उपाध्यक्ष डेभिड शिन्तानी बिच हस्ताक्षर भएको हो ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपतिको कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त सम्झौतामा शैक्षिक, प्राविधिक र संस्किृतीक प्रवद्र्धनका विषयहरु समावेश गरिएको छ ।

यो पनि पढ्नुहोस्