समय : ०९:२८ am | शुक्रबार , चैत्र ६ गते २०८२

प्यूठान नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

स्वर्गद्वारी अपडेट | पौष २० गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, प्यूठान नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । आज कालिका बिकास केन्द्रको सभाहलमा नेपाल पत्रकार महासंघको सहजीकरणमा सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागीले सडक, खानेपानी, इन्डक्सन चुलो बितरण, यातायातको भाडा, जग्गा वर्गिकरण, शिक्षा, कर, कृषि कार्यक्रम लगायतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रममा उठेका सवालको नगर प्रमुख विष्णु बहादुर योगि, उप-प्रमुख देवेन्द्र वर्मा, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले जवाफ दिनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पत्रकार महासंघका अध्यक्ष सन्जय रिजालले कार्यक्रमको उदेश्यबारे जानकारी गराउनुभएको थियो । सार्वजनिक सुनुवाईको लागि संकलन गरिएको बहिर्गमन अभिमत पत्र र नागरिक प्रतिवेदन पत्रको प्रतिवेदन कोषाध्यक्ष प्रज्वल पहाडीले प्रस्तुत गर्नुभएको थियो । संचालन महासंघका सचिब प्रकाश वैधले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्