नौबहिनी ७ गोगनपानीमा गर्भवती महिलाहरुका लागी निशुल्क भिडियो एक्सरे शिविर सम्पन्न
स्मृती घर्ती मगर प्यूठान, गोगनपानी आधारभूत स्वास्थ्य सेवा केन्द्र नौबहिनी ७ गोगनपानीमा गर्भवती महिलाहरुको लागि १ दिने नि-शुल्क भिडियो एक्सरे शिविर आज सम्पन्न भएको छ । उक्त एकदिने निशुल्क भिडियो एक्सरे शिविरमा ३२ जना गर्भवती महिलाहरुले सेवा लिनु भएको थियो ।
सोही अवसरमा नौबहिनी गाउपालीकाकि उपाध्यक्ष बिष्णा थापाको विशेष उपस्थिती रहेको त्यहाबाट आधारभुत सेवा केन्द्रका कार्यालय प्रमुख केशव पुन मगरले जानकारी दिनुभएको छ।
नौबहिनी गाउपालिकाको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।








