समय : ०९:२८ am | शुक्रबार , चैत्र ६ गते २०८२

गौमुखिमा अभिभावकको रकमबाट कक्षा आठ सन्चालन गरीने

स्वर्गद्वारी अपडेट | पौष २० गते २०७९
    केआर सुनार /प्युठान , प्युठानको एक स्थानिय तहमा अभिभावकको रकमबाट आधारभुत तह कक्षा आठ सन्चालन हुने भएको छ । प्युठानको गौमुखी गाउपालिका वार्ड न -६ लिबाङ बुक्तिचौर स्थित श्री नेपाल रास्ट्रिय आधारभूत बिधालयमा अभिभावकको रकमबाट आधारभूत तह कक्षा आठ सन्चालन हुने भएको छ । मंगलबार बिधालय व्यवस्थापन समिती अध्यक्ष शिवबहादुर घर्तिमगरको अध्यक्षतामा बैठक बसि गाउका भद्र भलाद्मी ,शिक्षाप्रेमी , शिक्षकवर्ग , जनप्रतिनिधि , र अभिभावकको छलफल अनुसार उक्त कक्षा सन्चालन गर्ने निर्णय गरिएको बिधालयका प्रधानाध्यापक लाल बहादुर बुढा मगरले वताएका छन् । नेपाल रास्ट्रिय आधारभूत बिधालयमा लामो समयदेखी कक्षा आठ सन्चालन हुनवाट रोकिएकोमा मंगलबार बैठक बसि आगामी  २०८० सालदेखी सन्चालन गर्ने गरि आवश्यक पुर्वाधार र आर्थिक संकलन जनस्तर र स्थानीय सरकारबाट गरीने भएको छ । कक्षा आठ सन्चालन गर्नका लागि संयोजक कृष्ण बहादुर झाक्रीको नेतृत्व मा ११ सदस्य हरु रहने गरी आर्थिक संकलन समिती गठन गरिएको छ । आर्थिक संकलक समितिले मिती २०७९ माघ २९ गते सम्म प्रत्येक घर धुरीबाट रु तीन हजार उठाउने निर्णय गरिएको छ ।  प्रत्येक अभिभावक ले प्रत्येक बर्षमा रु तीन हजार बिधालयलाई तिर्नुपर्नेछ । २०४५ सालमा स्थापना भएको उक्त बिधालयमा करिब दुई सय जना बिद्यार्थी अध्ययनरत छन् । आफ्ना छोराछोरीहरु सात कक्षा पढिसकेपछी करिब १ घन्टा हिडेर लिबाङ , टिमुरचौर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आफ्नै गाउमा कक्षा आठ सन्चालन हुने निर्णय गरेकोमा स्थानीय एबम बिद्यार्थी हरु खुशी भएका छन् । हाल बिधालयमा कक्षा सातसम्म नियमित पठन पाठन हुँदै आईरहेको छ ।  

यो पनि पढ्नुहोस्