समय : ०२:१४ pm | बुधबार , फागुन १३ गते २०८२

खोटाङकाे झिसेपुमा भएकाे आगलागीबाट ८५ लाख रुपैयाँ बराबरको क्षति

स्वर्गद्वारी अपडेट | पौष १० गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान,  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुमा हिजो भएको आगलागीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगोले मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेकाे थियाे। आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबर रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिनुभयो । मैया श्रेष्ठको २७ लाख ४५ हजार, कृष्णकुमारको २८ लाख ८३ हजार र कर्णकुमारको २८ लाख २८ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकोमा आश्रय लिएर बसेका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । यसअघि गएको पुस ४ मा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । झण्डै चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।  बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत सङ्कलन गर्ने काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्