समय : ०९:४९ am | बुधबार , फागुन १३ गते २०८२

तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना, बिहान लागेको तुवाँलो दिउँसो हट्ने

स्वर्गद्वारी अपडेट | पौष २ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान  - आज तीन वटा प्रदेशमा दिनभर नै मौसम बदलीको सम्भावना छ । प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशमा दिनभरि नै मौसम बदली हुने र केही ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । यी प्रदेशका सबै ठाउँमा नभइ केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशका धेरै ठाउँमा बाक्लो तुवाँलो लागे पनि दिउँसो भने तुवाँलो हट्ने उहाँको भनाइ छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ । राति पनि प्रदेश एक र बाग्मतीमा आंशिक बदलीको सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्