समय : ०८:२० am | बुधबार , फागुन १३ गते २०८२

विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

स्वर्गद्वारी अपडेट | मंसिर २८ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्। मोरक्को विश्व कपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश हो । यी दुई टोलीबीच विश्व कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यो पनि पढ्नुहोस्