समय : ०८:२० am | बुधबार , फागुन १३ गते २०८२

कालीकोट : डोजर दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव भेटियो

स्वर्गद्वारी अपडेट | मंसिर २७ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान । – गएकाे शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ । सहायक प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिनुभयाे । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ । शनिवार भएको दुर्घटनामा पाँच जनाको ज्यान गएकाे छ भने एक जना अझै बेपत्ता छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्