समय : ०८:१८ am | बुधबार , फागुन १३ गते २०८२

जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गयाे

स्वर्गद्वारी अपडेट | मंसिर २६ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान ।– जाजरकोटमा आज साेमवार दिउँसाे जीप दुर्घटना हुँदा नौ जनाको ज्यान गएकाे छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवा जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको ज्यान गएकाे जाजरकाेटका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्याैपानेले जानकारी दिनुभयाे । उहाँका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ

यो पनि पढ्नुहोस्