समय : ०८:२३ am | शुक्रबार , चैत्र ६ गते २०८२

ब्यत्तिगत  लगानीमा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

स्वर्गद्वारी अपडेट | मंसिर २५ गते २०७९
  स्वर्गद्वारी अपडेट प्युठान ,युवा समाजसेबी बिकास पोख्रेल र मुकेश खतिवडाले ब्यत्तिगत लगानीमा  न्यानो कपडा बितरण गरेका छन। प्युठान जिल्लाको नौबहिनी गाउँपालिका -२ लिघा फाउनेपोखरी स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा आईतबार एक कार्यक्रम गरि करिब २ लाखको न्यानो कपडा बिद्यार्थीहरुलाई हस्तान्तरण गरेको युवा समाजसेबी बिकास पोख्रेलले बताए । उनले भने –“ पछिल्लो समय अत्यधिक चिसो बढ्दै गएपछि उनीहरू न्यानो कपडा जाडो मौसम बाट बच्नको लागि २ सय पचास बिद्यार्थीहरुलाई न्यानो कपडा (जाकेट) हस्तान्तरण गरेको हौ ।” पोखेल थप्दै भन्छन –“ न्यानो कपडा वितरणले बिद्यार्थीहरुको बिद्यालयमा नियमितता रहने छ भन्नेमा मा ढुक्क छु ।” न्यानो कपडा वितरण कार्यक्रमको लागि प्युठान नगरपालिका -२ जन कल्याण क्लवले पनि सहकार्य गरेको थियो  ।  

यो पनि पढ्नुहोस्