समय : ०८:०५ am | शुक्रबार , चैत्र ६ गते २०८२

उपभोक्ता हित बिपरित कार्य गरेमा कारवाही गरिनेछ – पुरी

स्वर्गद्वारी अपडेट | मंसिर २३ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान , ईलाका प्रसासन कार्यालय जस्पुरले शुक्रबार  सुचना प्रकासन गर्दै उपभोक्ता हित बिपरित कुनै कार्य नगर्न बताएको छ। ईलाका प्रसासन कार्यालय जस्पुर प्युठानले व्यवसायीहरुलाई उपभोक्ता हित बिपरित कुनै कार्य नगर्न बताएको छ । उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने संबैधानिक हक रहेको व्यहोरा उल्लेख गर्दै शुक्रबार सुचना  प्रकासन गर्दै  व्यवसायीहरुलाई जानकारी गराएको छ।  ईलाका प्रसासन कार्यालय जस्पुर प्रमुख बाबुराम पुरीले भने “म्याद गुज्रिएको तथा  हानिकारक बस्तु ,लेवलिङ नगरिएको खाद्यबस्तुहरु वितरण गर्न , अधिकतम खुद्रा मूल्य भन्दा बढी भएकोमा  र प्रकासित सुचना तथा अनुगमनको समयमा दिएको निर्देशनहरुलाई अटेर गरेको पाईएमा कानुन बमोझिम कडा कारवाही गर्ने बताए। साथै उपभोक्ताहरुलाई कुनै सामान खरिद गर्दा त्यसको उत्पादन मिति ,म्याद सकिने मिति हेरेर मात्र खरिद गर्नुहोला समेत आग्रह गरेको छन ।

यो पनि पढ्नुहोस्