समय : ०७:४८ pm | बुधबार , माघ २३ गते २०८१

चिसो लगातार बढ्दै

स्वर्गद्वारी अपडेट | मंसिर १८ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, काठमाण्डौसहित देशभर लगातार चिसो बढिरहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको  छ । न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको छ । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक ब‍दली हुने सम्भावना छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् भट्टराईले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्