समय : ०५:२४ am | बुधबार , फागुन १२ गते २०८२

गौमुखीमा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता अवसरमा कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | मंसिर १७ गते २०७९
स्मृती घर्ती मगर प्युठान, ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा आज गौमुखी गाउँपालिकामा बिषेश कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । गौमुखी गाउँपालिका  स्तरिय अपांग सन्जालको आयोजना तथा गौमुखी गाउँपालिकाको  सहयोगमा बिविध कार्यक्रमसहित आज सम्पन्न भएको हो । गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बिषेश अतिथिमा राष्टृय अपाङ्गता संघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्युठान जिल्लाका निवर्तमान अध्यक्ष जुमानसिंह केसी रहनु भएको थियो । गौमुखी गाउँपालिका  प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ती मगरको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सबै राजनैतिक दलका प्रमुख तथा प्रतीनिधि, गौमुखी गाउंपलिका भित्रका सबै वार्डका अपांगता भएका ब्यक्ती तथा संघ सस्थाका प्रमुख तथा प्रतीनिधिको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले अपाङ्गता भएका ब्यक्तीहरुको हित र बिकासका लागी गाउंपलिका सधैभर तयार रहेको बताउनु भएको छ । कार्यक्रमका बिषेश अतिथी राष्टृय अपांग संघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्युठान जिल्लाका निवर्तमान अध्यक्ष जुमानसिंह केसीले अपांगता भएका ब्यक्तीहरुको अधिकार संबन्धी ऐन २०७४ लाई सबै स्थानिय तह र संबन्धित निकायले कार्योन्वयन गर्नुपर्ने बताउनु भएको छ । उहांले राज्यले प्रदान गरेको सेवा तथा सुबिधाहरु अपांग भएका ब्यक्तीहरुले सहज रुपमा पाउन नसकेको भन्दै यसलाई सही कार्योन्वयन गर्नमा जोड दिनुपर्ने बताउनु भयो । अपांग सन्जालका अध्यक्ष निराज हमालको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन महिला बाल बिकास साखाकी उमा अर्यालले गर्नु भएको थियो । कार्यक्रममा सहभागी अपांगता भएका ब्यक्तीहरुले आफुहरुले पाउनुपर्ने यातयात, शिक्षा लगायत सेवाहरुमा छुट सहज रुपमा नपाएको गुनासो गरेका छन । दिवशको अवसरमा ७ वटै वार्डबाट १/१ जना अपांग ब्यक्ती गरी ७ जनालाई न्यानो कपडा तथा ब्लांकेटहरु प्रदान गरिएको छ ।

यो पनि पढ्नुहोस्