स्वर्गद्वारीमा बा.वि.के.का सहजकर्ताहरु अपरान्ह ४ बजेसम्म अध्यापनमा संलग्न हुनुपर्ने
स्मृती घर्ती मगर प्युठान
स्वर्गद्वारी नगरपालिकाभित्रका बाल बिकास केन्द्रमा अध्यापन गराउने सहजकर्ताहरुले अपरान्ह ४ बजेसम्म संबन्धित बिद्यालयको अध्यापनमा अनिवार्य संलग्न हुनुपर्ने भएको छ ।
यही मंसिर ९ गतेको स्वर्गद्वारी नगरपालिका, नगरशिक्षा समितिको बैठकका अनुसार नगरपालिका भित्रका केहि बाल बिकास केन्द्रमा कार्यारत सहजकर्ताहरुले दिउसो २ बजेसम्म मात्र अध्यापन गराएको पाइएको भन्दै अबदेखी बिहान १० बजेदेखी ४ बजेसम्म अनिवार्य रुपमा संबन्धित बिद्यालयको अध्यापनमा संलग्न हुनु पर्ने बताएको छ । बिद्यालय क्षेत्र बाहिर रहेका बाल बिकास केन्द्रका सहजकर्ताको हकमा सम्बन्धित बिद्यालय ब्यबस्थापन समितिको समन्वयमा सम्भव भएसम्म दिउसो २ बजे पश्चात नजिकको बिद्यालयमा गइ अध्यापन गराउनु पर्ने र सो कार्य हुन नसकेमा सोही बाल बिकास केन्द्रमा शैक्षिक सुधारका कृयाकलापहरुको तयारी गर्नु पर्ने बताइएको छ । यदी नगरपालिका र नगर शिक्षा समितिको निर्णय अनुसार कार्य नगरेको पाइएमा नगरपालिकाबाट थप गरिएको सेवा-सुबिधा रोक्का गरिने निर्णय भएको स्वर्गद्वारी नगरपालिका तथा नगर शिक्षा समितिले जनाएको छ ।








