समय : ०५:१८ am | बुधबार , फागुन १२ गते २०८२

बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकियो

स्वर्गद्वारी अपडेट | मंसिर १६ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना रोकिएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याउनु भएको छ । पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ ।

यो पनि पढ्नुहोस्