समय : ०२:४३ am | बुधबार , फागुन १२ गते २०८२

सुनसरी ४ मा राेकिएकाे मतगणना तत्काल सुरु नगरिए सडक सङ्घर्ष गर्ने एमालेकाे चेतावनी

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान ।– सुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु नगरिए सडक सङ्घर्ष गर्ने नेकपा एमालेले चेतावनी दिएकाे छ ।  आज साेमवार पत्रकार सम्मेलन गर्दै सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्नुभयाे । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएकाे भन्दै तत्काल कुनै निर्णय नभए सडक सङ्घर्ष सुरु गर्ने उहाँले बताउनुभयाे । कुसियतले भने, ‘आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडकमा जानेछाैँ । हामी सडक सङ्घर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छाैँ ।’ कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उहाँको भनाइ छ ।  
 

यो पनि पढ्नुहोस्