करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा १ जनाकाे ज्यान गयाे
स्वर्गद्वारी अपडेट प्युठान, करेन्ट लगाएर माछा मार्ने क्रममा आज दाङमा एक जनाको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँको मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीको भजनी नगरपालिका ७ ढुसेका ४८ वर्षीय सुरेश डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दिउँसो साढे २ बजेतिर स्थानीय कुलोमा करेन्ट लगाइ माछा मार्ने क्रममा डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । डाँगी तुलसीपुर १६ मा बस्दै आउनुभएको थियो ।
स्थानीय पेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतक डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए ।








