समय : ०२:४२ am | बुधबार , फागुन १२ गते २०८२

भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | मंसिर १० गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान। ताप्लेजुङमा हातहतियार र विस्फोटक पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ४ निवासी नवीन कुमार नाल्बो रहेको प्रहरीले जानकारी दिएको छ । उनले आफ्नै भाइलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयास गरेको बताइएको छ । उनलाइ पक्राउ गरी घरमा खानतलासी गर्दा भरुवा बन्दुक एक थान, बारुदको कालो धुलो पदार्थ प्लास्टिकको पोको एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु एक थान र रडको टुक्रा दुई थान बरामद गरेको प्रहरीले बताएको छ । उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्