सिभिल बैंक प्युठानद्वारा छात्रवृत्ति प्रदान
स्वर्गद्वारी अपडेट ,प्युठान। सिभिल बैंक बिजुवार शाखा र माण्डबी शाखा प्युठानले बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
शुक्रबार प्युठान नगरपालिका ९ स्थित बाल बिध्या माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने निरुता गिरी र माण्डबी गाउँपालिका -१ तिराम गणेस माद्यामिक बिद्यालय जमुना बुढा मगरलाई प्रमाणपत्र र रु ५ हजार सहयोग गरेको हो । बैंकको १२ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका बिजुवार शाखा प्रबन्धक जनक कार्किले बताए।
छात्रवृत्ति वितरण कार्यक्रममा बाल बिध्या माध्यमिक विद्यालयका प्रअ केशु गिरीले भने – “बैंक नाफा मुलक सस्था भएपनि बार्षिक उत्सबको अबसरमा यसरि सामाजिक उत्तरदायित्व बहन गर्नु राम्रो पक्ष हो ।” छात्रवृत्ति पाएकि विद्यार्थीले सहि सदुपयोग गरी जिवनमा प्रगति गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै गिरीले बैंक लाई धन्यवाद समेत दिएका छन् ।
त्यसै गरि माण्डबी शाखा प्युठानले तिरामको गणेस माद्यामिक बिद्यालय अध्ययनरत छात्रा जमुना बुढा मगर लाई उत्त कार्यक्रमका बीच प्रमाण पत्र र नगद ५ हजार छात्रवृत्ति स्वरूप प्रदान गरेको छ । गणेस माद्यामिक बिद्यालयका प्र.अ.बल राम पुन मगरले आफ्नो बिद्यालयलाई छनोट गरि छात्रवृत्ति प्रदान गरेकोमा खुसि ब्यक्त गरे।
सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तर्गत यस्ता कार्यहरू प्रत्येक वर्ष गर्दै आएको माण्डबी शाखा प्रबन्धक राजु खरेलले बताए ।कार्यक्रममा बैंकका कर्मचारी, बिद्यालयका शिक्षक शिक्षिका , विद्यार्थी र अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।