समय : ०१:१६ am | बुधबार , फागुन १२ गते २०८२

प्रतिनिधिसभा समानुपातिक तर्फको मत गणना सकियो प्युठानमा

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०७९

सन्तोष सुनार प्युठान।  प्युठान जिल्लामा प्रतिनिधि सभा समानुपातिक तर्फको मत गणना गरेर सकिएको छ।  प्रतिनिधीसभा समानुपातिक तर्फको मत गणना अनुसार एमालेले ३३ हजार ८ सय ४ मत प्राप्त गरेको छ भने कांग्रेसले १७ हजार ८ सय ५१ मत पाएको छ । माओवादी केन्द्रले १३ हजार ३ सय ३ मत प्राप्त गरेको छ । राष्टीय जनमोर्चा ९ हजार ९५८ मतका साथ चौथो पार्टी भएको छ । त्यस्तै, राष्टीय स्वतन्त्र पार्टीले ५ हजार ८५१ र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार २३६ मत पाउँदा एकीकृत समाजबादीले जम्मा ४३६ मत प्राप्त गरेको छ। यहाँ ८८ हजार ९ सय ६८ मत झरेकोहो। ५ हजार २ सय ७८ मत बदर भएको थियो । प्रदेशसभा तर्फको मतगणना भने बांकी रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको हो।

यो पनि पढ्नुहोस्