समय : ०१:१६ am | बुधबार , फागुन १२ गते २०८२

समानुपातिकतर्फ एमाले र कांग्रेसको ९ लाख मत कट्यो

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ,  समानुपातिकतर्फ एमाले र कांग्रेसकले ९ लाख मत कटाएका छन् । प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्म ९ लाख ४१ हजार १ सय ९५ मत पाएको छ ।
नेपाली कांग्रेसले ९ लाख ३ सय ७८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ५४ हजार ५ सय २९ मतसहित  तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले चार लाख १८ हजार ७ सय ४९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ४३ हजार ८४ मत पाएको छ । जनता समाजवादी पार्टीले १ लाख १६ हजार ५ सय ८९, जनमत पार्टीले ७० हजार ३३, एकीकृत समाजवादी ६६ हजार १ सय ४७, नागरिक उन्मुक्ति पार्टीले ६६ हजार ४ सय १७, नेपाल मजदुर किसान पार्टीले ५६ हजार ३ सय ५३ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ७ सय १८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३० हजार ४ सय ६९ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २६ हजार ३ सय ५० मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १८ हजार ४ सय ८ मत पाएको छ ।

यो पनि पढ्नुहोस्