समय : ०१:१६ am | बुधबार , फागुन १२ गते २०८२

कतारमा जारी विश्वकफुटबल प प्रतियोगितामा ब्राजिलले विजयी सुरुआत

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०७९
ब्राजिलको विजयी सुरुवात   स्वर्गद्वारी अपडेट प्युठान , मंसिर ९कतारमा जारी विश्वकफुटबल प प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । गयराती भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका छन्।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गर्नुभयो। खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाएका हुन्। सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्यपि गोल भने हुन सकेन ।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसँगै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको छ ।

   

यो पनि पढ्नुहोस्