समय : ०१:१६ am | बुधबार , फागुन १२ गते २०८२

मोरङ-६ मा एमालेका लालबाबु पण्डितलाई हराउँदै कांग्रेसका कोइराला विजयी

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान ।

 - मोरङ-६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित हुनुभएकाे छ। एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पराजित गर्दै डा. कोइराला प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्नु भएकाे हाे । एमालेका पण्डितले २२ हजार ९२९ मत ल्याउनु भएकाे छ। डा. कोइरालाले सुरुवातदेखि नै अग्रता कायम गर्नु भएकाे थियाे। पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधि सभा सदस्यमा एमालेका पण्डितसँग पराजित हुनु भएकाे थियाे।  
 

यो पनि पढ्नुहोस्