समय : ०१:१६ am | बुधबार , फागुन १२ गते २०८२

राजमोका उपाध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार पौडेलद्वारा मतदातालाई धन्यवाद

स्वर्गद्वारी अपडेट | मंसिर ८ गते २०७९
स्मृती घर्ती मगर प्युठान,    प्यूठान प्रतिनिधि सभा सदस्य तथा राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सबै प्यूठानी मतदातालाई धन्यवाद दिनु भएको छ । आज जिल्ला सदरमुकाम खलंगामा एक बिज्ञप्ती जारी गर्दै धन्यवाद ज्ञापन गर्नु भएको हो । जिल्लाबासिले दिएको मतले आफुलाई बिजयि प्राप्त गर्न सम्भव नभएपनी प्युठानी जनाताको बिस्वासलाई सधै स्मरण गर्ने बताउनु भएको छ । समग्र प्युठानको बिकासमा आफु सधै जनाताको साथमै रहने प्रण समेत गर्नु भएको छ । त्यसका साथै गणतन्त्र, राष्टृयता, धर्मनिरपेक्षता समेतको रक्षा र जनजीवनसित जोडिएका समस्याहरुको समाधानमा आफुले सधै सङ्घर्ष गर्ने बताउनु भयो । उहाले बिज्ञप्ती मार्फत बिजयि उम्मेद्वार सुर्य थापालाई बधाइ दिनु भएको छ । त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र नं १ का सदस्य तुल्सिराम शर्मा र प्रदेश निर्वाचन क्षेत्र नं २ का सदस्य सरोज थापा (रोज राणा) लाई बधाइ तथा शुभकामना दिनु भएको छ ।

यो पनि पढ्नुहोस्