समय : ११:२४ pm | मङ्गलबार , फागुन १२ गते २०८२

माओवादीबाट गण्डकीको मुख्यमन्त्रीका दाबेदार चुमन विजयी

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान
तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् ।
चुमनले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए । चुमनले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

 

यो पनि पढ्नुहोस्