समय : १०:०५ pm | मङ्गलबार , फागुन १२ गते २०८२

ताप्लेजुङका मतपेटिका अझै बाटोमै

स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०७९

messenger sharing button
whatsapp sharing button
स्वर्गद्वारी अपडेट प्युठान ।
ताप्लेजुङका दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन। 
जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम पुर्याउन बाँकी छ।
जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतदान केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए। 
यसअघि यी चारवटै केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी भएको थियो। तर अन्तिम समयमा हेलिकप्टर नआउने भएपछि मतपेटिका बोकेर ल्याउनु परेकाले समय लाग्ने देखिएको योङ्याको बताए। जिल्लाका अन्य सबै केन्द्रका मतपेटिका भने सदरमुकाम फुङलिङ  ल्याइसकिएको छ।
दुर्गम मानिने याङ्मास्थित मतदान केन्द्र सदरमुकामदेखि सबैभन्दा टाढाको केन्द्र हो । झण्डै चार हजार दुई सय मिटरको उचाइमापर्ने याङ्मा पुग्न कम्तीमा तीन देखि चार दिनसम्म लाग्ने गरेको छ।   यसअघि सो केन्द्रमा मतदान गराउन गएको कर्मचारी सहितको टोली चार दिनमा मात्र पुगेको थियो। यहाँ जम्मा ६१ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा १२ मत मात्रै खसेको छ। ताप्लेजुङमा ५४ दशमलव ६८ प्रतिशत मतदान भएको प्रारम्भिक नतिजा छ। ताप्लेजुङमा ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन्। जिल्लामा दुईवटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्र छन्। सङ्घ र प्रदेशमा गरी जिल्लामा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। रासस
मंसिर ५, २०७९, साेमबार
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

यो पनि पढ्नुहोस्