समय : ०८:४० pm | मङ्गलबार , फागुन १२ गते २०८२

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिक तर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गर्नुभएको छ।
 

यो पनि पढ्नुहोस्