भक्तपुर क्षेत्र नं. २ मा कांग्रेस अगाडि, एमाले उम्मेदवार महेश बस्नेत पछाडि
स्वर्गद्वारी अपडेट प्युठान, भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो।
एमाले एक हजार ६ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय २४ र नेपाल मजदुर किसान पार्टीले २ सय ५० मत प्राप्त गरेको छ। मतगणना जारी भइरहेको छ।
भक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएको नेपाली कांग्रेसका सभापति दूर्लभ थापा र नेकपा एमालेका तर्फबाट एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।








