समय : ०८:२९ pm | मङ्गलबार , फागुन १२ गते २०८२

बैतडीमा मत पेटिका पुर्याएर फर्किँदै गरेकाे जीप दुर्घटना, तीन जनाको ज्यान गयाे

स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, बैतडीमा मत पेटिका पुर्याएर फर्किँदै गरेकाे जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।  दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोलामा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मत पेटिका पुर्याएर फर्किँदै गरेको नेपाल प्रहरीकाे टोली रहेकाे जीप दुर्घटना हुँदा तीन जना प्रहरीको घटनास्थलमै ज्यान गएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
उहाँले दुर्घटनामा घाइते भएका अन्यकाे उद्धार भइरहेकाे जानकारी दिनु भएकाे छ । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्