समय : ०८:१८ pm | मङ्गलबार , फागुन १२ गते २०८२

काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झर्यो

स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, काठमाण्डौमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षकै सबैभन्दा कम हो । यसअघि गएको नोभेम्बर १३ तारिख अर्थात् २७ गते काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री सेल्सियस थियो । न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाण्डौसहित देशभर नै चिसो बढेको छ । आज प्रदेश-१ का सबैजसो जिल्लाको मौसम आंशिक बदली हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि आजको मौसम आंशिक बदली हुने अनुमान छ ।

यो पनि पढ्नुहोस्