समय : ०८:२० pm | मङ्गलबार , फागुन १२ गते २०८२

मतपेटिकामा आगजनी गर्ने प्रकाउ

स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान। पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो । मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

यो पनि पढ्नुहोस्