समय : ०८:२६ pm | मङ्गलबार , फागुन १२ गते २०८२

प्युठानमा शान्तिपूर्ण मतदान सपन्न कुल ५५.११प्रतिशत मत  खस्यो

स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्युठानमा आइतबार शान्तिपूर्ण मतदान सपन्न भएको छ। प्युठानमा २ सय २३ मतदान केन्द्र थियो र कुल  १ लाख ५९ हजार ७ सय ६० जना मतदाता संख्या रहेको प्युठान जिल्लामा क्षेत्र नं (क) र (ख) गरि दुईवटा निर्वाचन क्षेत्र रहेको थियो।जसमा कुल ८८ हजार ४७ छ भने महिला ५० हजार ८आठ सय ८६ र पुरुष ३७ हजार ९ सय ६२ रहेको छ।१ सय ६ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं (क) मा ७४ हजार ६ सय ६३ मतदाता रहेका छन।भने १ सय १७ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र (ख) मा ८५ हजार ९७ जना मतदाता रहेका छन। निर्वाचनका लागि २ सय २३ मतदान अधिकृत, २ सय २३ सहायक मतदान अधिकृत, १ हजार १ सय १५ कर्मचारी र २ सय २३ जना कार्यालय सहयोगी गरि १ हजार ७ सय ८४ जना कर्मचारी  खटाइएको निर्वाचन कार्यलय प्युठानले जनाएको छ। प्युठान कारागारमा कैदी बन्दीहरुलाई छुट्टै मतदान केन्द्र बनाईएको थियो ।कुल कैदीबन्दी ७९ र जसमा २८ कैदीबन्दीहरुले मतदान गरेका थिय । निर्वाचन सफल बनाउनको लागि जिल्लाभर १ हजार ३ सय ३४ जना म्यादी प्रहरि, ७ सय ३० जना नेपाल प्रहरी गरि जम्मा २ हजार ६४ जना सुरक्षाकर्मि खटाइएको थियो।  

यो पनि पढ्नुहोस्