स्मृती घर्ती मगर प्युठान , जिल्लामा प्रदेश तथा प्रतीनिधि सभाका उम्मेद्वार बनेका उम्मेद्वारहरुले मतदान गरेका छन ।प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गा पौडेलले झिमरुक-५ को बाल शिक्षा मतदान केन्द्रवाट मतदान गर्नु भएको छ ।

प्रतीनिधी सभा सदस्य उमेदवार सुर्य थापाले श्री अमर सिंह माध्यमिक बिधालय झिमरुक १ काे मतदान स्थलबाट मतदान गर्नु भएको छ।

त्यस्तै गठबन्धनका साझा उम्मेदवार प्रदेश सभा निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार कृष्ण अधिकारी (प्रकाश) ले गणेश मावि तिरामकाे 'क' केन्द्रबाट मतदान गर्नु भएको छ ।

प्रदेश सभा सदस्य प्युठान क्षेत्र न २ का उमेद्वार हरिप्रसाद रिजालले नाैबहिनि गापा ६ बहानेमा रहेकाे गंगा मावि मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ।