समय : ०५:२१ am | शुक्रबार , चैत्र ५ गते २०८२

प्युठानमा स्वास्थ्य संस्थाहरुको अनुगमन

स्वर्गद्वारी अपडेट | कार्तिक २८ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान जिल्ला प्रशासन कार्यालय प्युठानको अग्रतामा आइतबार प्युठान नगरपालिकाको बिजुवार र बाग्दुला बजारमा रहेको स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो । ईलाका प्रशासन कार्यालय जस्पुर प्युठान ,घरेलु तथा साना उद्योग कार्यालय प्युठान ,जिल्ला स्वास्थ्य कार्यालय ,प्युठान नगरपालिका स्वास्थ्य शाखा संलग्न टोलीबाट प्युठान नगरपालिका को बिजुवार तथा वाग्दुलामा रहेका स्वास्थ्य क्लिनिकि पोलीक्लिनिक डेन्टल क्लिनिक औषधी पसलहरुको अनुगमन गरिएको थियो  । अनुगमनको क्रममा केहि स्वास्थ्य क्लिनिकहरुमा प्याथोलोजी ल्याव विना अनुमति संचालन गरेको पाईएको , बिल बिजक व्यवस्थित नगरेको, बिक्रि बिल जारी नगरेको, स्वास्थ्यकर्मीहरु सँग लिखित रुपमा करार सम्झौता नगरेको पाईएको थियो । एउटा पोलीक्लिनिक दर्ताको प्रक्रियामा रहेको तथा एउटा डेन्टल क्लिनिक  विना दर्ता संचालन गरेको समेत पाईएको थियो । दर्ता नभएका स्वास्थ्य संस्थाहरुलाई प्रचलित ऐन कानुन अनुसार सम्बन्धित निकायमा तुरुन्त दर्ता गरि संचालन गर्न र प्रचलित ऐन नियमहरुमा तोकिएको मापदण्ड पुरा गर्न समेत निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी  गोबिन्द प्रसाद अधिकारीले बताए । कुल  ८ वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी  गोबिन्द प्रसाद अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय जस्पुरका कार्यालय प्रमुख बाबुराम पुरी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सरोज भण्डारी, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठ, प्युठान नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गोबिन्द राज घिमिरे ,प्युठान उद्योग वाणिज्य संघका उपाध्यक्ष दधिराम भण्डारी, ईलाका प्रशासन कार्यालय जस्पुरका कम्पुयटर अपरेटर प्रितम श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर चम्पक श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी सहायक निरिक्षक प्रकाश भण्डारीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्