सन्तोष सुनार प्यूठान । आगामि मशिंर ४ गते हुन गइरहेको संसदीय बहिस्कार सयुक्त तिनदलको आयोजक टिमले पत्रकार भेटघाट कार्यक्रम आज कालिका गेष्टहाउस जुम्रिमा गरिएकोछ । सयुक्त तिनदलमा नेकपा क्रान्तिकारी माओवादि प्युठान , नेकपा मसाल प्यूठान र नेकपा बहुमत प्युठान रहेका थिए । कार्यक्रममा क्रान्तिक्रारी माअोवादिका केन्द्धिय सदस्य टिकारम पोडेल , नेकपा बहुमत प्युठान जल्लिाको संयोजक नविन (कमरेड) ,नेकपा मशाल प्युठानका सचिव विर वहादुर पुन मगर , पत्रकार महाशंघका केन्दि«य सदस्य सुशिल पोख्रेल , पत्रकार महाशंघका प्युठान जिल्लाको अध्यक्ष सन्जय रिजाल लगाएत विभिन्न माध्यममा तथा एफ. एममा कार्यरत पत्रकार एवम् सन्चारक्रमकिो बाक्लो उपस्थिति रहेको थियो ।

त्यस्तै नेकपा बहुमत प्युठान जिल्लाकोसंयोजक नविन (कामरेड) ले अहिलेको निर्वाचन राष्ट्रघाती र नाटकीय प्रवृदि रहेकाले बहिस्कार गरेको बताउनु भएको छ । यो निर्वाचनले देशको हक र हितको लागी नभइ देशलाइ अन्धकारतिर लैजाने भन्नु भएको छ । अवको समयमा हामि एकताबद्ध भएर क्रान्तिका साथ भ्रष्टचार र कालो बजारीलाइ हटाउन अगाडि बढ्न आग्रह गर्नु भएको छ ।
र नेकपा मशाल प्युठानका सचिव विर वहादुर पुन मगरले देशका भुभाग बेच्ने , नदिनालाहरु बेच्ने , राष्ट्रघाती ःःयामसीसी पास गर्ने र विदेशका व्यक्तिहरुलाइ नागरिकता दिन नागरिकता विधेक पास गर्ने सत्तारुढदलहरुको काम मात्र भइरहेको बताउनु भएको छ । अबको निर्वाचनमा यस्ता खालेहरुका कार्य रोक्न आगामि मशिंर ४ गते हुन गइरहेको संसदीय निवार्चन बहिस्कार गर्न लागेको बतनउनु भएको छ । किसान मदधुरका लागी उत्पादन क्षमतामा कुने सहयोग नरहेको समेत पुनले बताउनु भएको छ । कार्यक्रमको सन्चालन नेकपा क्रान्तिकारी माओवादिका प्युठान जिल्लाका सेग्रेटरी गोपाल नेपालीले गर्नुभएको थियो ।








