समय : ०३:३७ am | शुक्रबार , चैत्र ५ गते २०८२

डल्ले सराँय मेला २०७९ को एक लाख पुरस्कार पा¥यो आफ्नो हातमा कार्कीडाडा सराँय समूह नाचले ।

स्वर्गद्वारी अपडेट | कार्तिक ११ गते २०७९

सन्तोष सुनार ,प्यूठान । प्यूठान नगरपालिका ७ पुण्यखोला आयोजक टिमले राखेको २०७९ सालको ऐतिहाँसिक तथा साँस्कृतिक डल्ले सराँय मेलामा कार्कीडाडा सराँय समुह नाच प्रथम बनि एक लाख पुरस्कार आफ्नो हातमा पारेको छ ।

उक्त मेला हरेक वर्ष तिहारको भोलिपल्ट लाग्ने भएता पनि यस पटक २ वर्षपछि लागेको हो । कोभिड–१९ का कारण रोकिन पुगेको थियो । टाकुरे राज्य सन्चालनका बेला एक जना राक्षसलाइ जनताले लखेटेर मारेको सम्झनामा र खुसशयालीमा सराँय मेला तथा   नाच लगाउने चलन रहेको प्यूठान नगरपालिका ७ का वडा अध्यक्ष नेत्र बहादुर केसीले जानकारी दिनु भएको छ ।

मेलमा प्रथम कार्कीडाडा समुह नाच , दोस्रो सापडाडा समुह  नाच र तेस्रो प्यूठान नगरपालिका ७ पुण्यखोला नाच भएको छ। पुरस्कार क्रमश एक लाख , ७५ हजार र ५० हजार रुपैया बाडिएको हो भने अन्य ५ वटा साुहलाइ २० हजार रुपिँयका दरले पुरस्कार दिएको केसी बताउनु भयो

यो पनि पढ्नुहोस्