समय : १२:५६ pm | मङ्गलबार , फागुन १२ गते २०८२

घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

स्वर्गद्वारी अपडेट | कार्तिक ८ गते २०७९

कार्तिक ८ गते ,मङ्गलबार

स्वर्गद्वारी अपडेट प्यूठान।

 दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ । गएराति घोराहीको सहिद उमेश मार्ग रोडमा रहेको तीन वटा फर्निचरमा आगो लागेपछि पूर्ण रूपमा क्षति भएको छ ।
न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति १२ बजेदेखि सुरु भएको आगो आज बिहान साढे ४ बजे निभाइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो । लक्ष्मी पूजाको अवसरमा बालिएको दियोबाट आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण सङकलन भैरहेको प्रहरीले जनाएको छ ।  
 

यो पनि पढ्नुहोस्