समय : १२:५६ pm | मङ्गलबार , फागुन १२ गते २०८२

पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

स्वर्गद्वारी अपडेट | कार्तिक ६ गते २०७९
स्वर्गद्धारी अपडेट, ०६ कार्तिक- राजनीतिज्ञ एवम् पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। उहाँलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो । तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो। आज बिहान उपचारका क्रममा उहाँकाे निधन भएको धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । मैयादेवी विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मनुभएको थियो । उहाँको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि एक घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस्