समय : ११:२३ am | मङ्गलबार , फागुन १२ गते २०८२

हरायको मोटरसाईकल भेटि सवारी धनिलाई बुझाइयो ।

स्वर्गद्वारी अपडेट | कार्तिक ४ गते २०७९
सन्तोष सुनार, प्यूठान। हरायको मोटरसाईकल सवारी धनिलाई जिम्मा लगाईएको छ ।मिति २०७९।०७।०२ गते राती प्यूठानको जिल्ला झिमरुक गाउँपालिका वडा नं.०३ लामसेराबाट ऐ.ऐ. बस्ने वर्ष २६ को सजन जि.सी.को रा ५ प ३३३९ नम्बरको मोटरसाईकल हरायको हो  जिसीले ईलाका प्रहरी कार्यालय पुजालिवासे प्यूठानमा मौखी जानकारी गराएका थिए । उक्त कार्यालयबाट प्रहरी सहायक निरीक उदय डागीको कमाण्डमा खोजतलासको लागी खटी गएकोमा मिति २०७९।०७।०३ गते जिल्ला प्यूठान झिमरुक गाउँपालिका वडा नं.०४ पुजा स्थित जंगलमा फेला पारी निज सवारी धनि सजन जि.सी.लाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्