चार दिन पछी बेपत्ता शव फेला
स्वर्गद्वारी अपडेट ,प्युठान माण्डबीमा ४ दिन पनि बुधबार ३ जनाको शव फेला परेको छ ।माण्डबी गाउँपालिकाको वडा नम्बर ४ फरिन्ड़ेमा बेपत्ता शव फेला परेको हो।
सोहि निवासी ६० बर्षिय बोम बहादुर राहु,६० बर्षिय हिरा बहादुर थापा र ४ बर्षिय सुसान्त राहु मगर फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक सुवास खडकाले जानकारी दिए। जनप्रतिनिधि ,नेपाल प्रहरी र सशस्त्रको प्रहरी बलको टिमले निरन्तर खोजि कार्य जारी राखेको थियो ।
शुक्रवार दिउँसो घर माथिबाट आएको पहिरोले बोम बहादुर राहुँको घर पुर्दा दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएर बेपत्ता परेको ३ जना १८ वर्षीया मौसमी थापामगर, ५५ वर्षीया थमा बुढामगर र २१ वर्षीया टेकी राहुँको शव शनिबार फेला परेको थियो।








