समय : ०२:१३ am | शुक्रबार , चैत्र ५ गते २०८२

माण्डवीमा पहिरोको कारण ९ घर पुरिए , पूरै गाउँनै जोखिमपूर्ण

स्वर्गद्वारी अपडेट | असाेज २३ गते २०७९
सन्तोष सुनार प्यूठान। लगातार अविरल वर्षात् कारणले मान्डवी गाउँपालिका धन्चौरमा  ठूलो रुपमा पहिरो गएको छ । माण्डवी गाउपालिको वडा न.ं २ धन्चौरमा पहिरोले घर बगाउदा ९ घर पूर्ण रुपमा क्षति भएको सोहि वडाको वडा अध्यक्ष प्रकास वलीले जानकारी दिएका छन । पहिरोमा पुरिएर दर्जनौ पशुचौपाय वेपक्ता भएको र कुनै मानविय क्षति नभएको वलिले बताए । अत्याधिक पानीको चापको कारणले गर्दा जमिनले पुरै सतह छोडि बग्न लागेको छ । त्यहाका बासिन्दाहरुलाई सुरक्षितको लागी सुन्नानी माध्यमिक विद्मालमा २० घरका परिवार व्यवस्थापन गरिएको र अन्य ४ घरका परिवार उपल्लो धन्चौरमा व्यवस्थापन गरिएको प्रहरी नायव निरीक्षक सुवास खडकाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्