माण्डबीमा पहिरोले पुरिएका ३ जनाको शव भेटियो ,अझै बाकि बेपता
सन्तोष सुनार, प्यूठान। प्युठानको माण्डबी गाउँपालिका वडा नम्बर ४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको शव शनिबार भेटिएको छ ।
फरिण्डेका १८ वर्षीया मौसमी थापामगर, ५५ वर्षीया थमा बुढामगर र २१ वर्षीया टेकी राहुँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक सुवास खडकाले जानकारी दिए।
उनका अनुसार पहिरोमा बेपत्ता भएका ६० वर्षीय बोम बहादुर राहुँ,४ वर्षीय सुशान राहुँ र ६० वर्षीय हीराबहादुर थापाको अबस्था भने अझै भेटिएको छैन । उनिहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक खडकाले बताए।शुक्रवार दिउँसो घर माथिबाट आएको पहिरोले बोम बहादुर राहुँको घर पुर्दा दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए।








