समय : १२:३२ am | शुक्रबार , चैत्र ५ गते २०८२

मान्डवीमा पहिरोले पुरिका ५ जनाको नाम खुल्यो ,१ जनाको बाकी

स्वर्गद्वारी अपडेट | असाेज २१ गते २०७९
लभ कुमार अधिकारी प्यूठान –    लगातार परिरहेको अविरल वर्षातका कारण प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं ४. फरिण्डेमा पहिरोले घर पुरिदा ६ जना वेपत्ता भएका छन । सोहि गाउमा बसोबास गर्ने बोम बहादुर राहुमगरको घर सहित चार घर पहिरोले पुरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिारी( रोसन) ले जानकारी दिनुभयो । वेपत्ता हुनेहरुमा ६० वर्षीय बोम बहादुर राहँमगर उहाको श्रीमती( नाम खुल्न बाकी) , २१ वर्षीय टेकि राहुँमगर , ४ वर्षीय सुशान राहु मगर, ६० वर्षीया हिरा बहादुर थापा र १८ वर्षीया मौषमी थापामगर रहेको अधिकारीले बताउनु दिनुभयो । पहिरोले घर पुरिएको जानकारी भएपछि घटना स्थलमा जिल्लाबाट प्रहरीको गएको प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनु भएको छ। प्रहरीका अनुसार दशैको दिन ऐरावति गा.पा. वडा न. ५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार फेला परेको छैनन । र माण्डवी १ स्थित अरङ्ग खोलाले बगाउदा ३५ वर्षीय धन बहादुर सुनार अहिले सम्म भेटिएका छैनन ।

यो पनि पढ्नुहोस्