लगातार वर्षात् कारण मशेरीमा एक घर भत्कियो
सन्तोष सुनार, प्युठान। प्युठान नगरपालिका वडा नं. २ आरनेटाको मशेरी गाउमा एक घर भत्किएको छ । लगातार ३ दिनदेखि परिरहेको वर्षातको कारण प्युठान नगरपालिका २ आरनेटाको मशेरी गाउमा निवासी हिमाल सुनारको घर भन्दामाथि २०फिटबाट गएराति करिब १२ बजे पहिरो आउदा घर भत्किएको स्थानियवासी सुरेश सुनार जानकारी दिएका छन । घटनामा कुनै मानविय क्षेति भएको छैन। सुनारका श्रीमती २५ दिनकि सुत्केरी अवस्थामा रहेकि छिन । अहिले उनिहरु आफ्नो दाइ बिष्नु सुनारको घरमा बस्तै आइरहेका छन ।








