बिभिन्न छुट्टाछुट्टै बुदामा रहेका १२ एजेन्डाहरुलाई कार्यन्वयनमा ल्याउने
बिबश जि एम प्यूठान
०७९ असोज १३,
झिमरुक गाउँपालिकाको गाउँ कार्यपालिकाको तेस्रो बैठक बिहिबार सम्पन्न भएको छ । कार्यपालिकाको बैठकले बिभिन्न छुट्टाछुट्टै बुदामा रहेका १२ एजेन्डाहरुलाई कार्यन्वयनमा ल्याउनको लागि बैठक बसेको झिमरुक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले जानकारी दिए ।
बैठकले असक्त असहाय गरिब तथा बिपन्न बर्गका व्यक्तिलाई निशुल्क बिमा, सुत्केरीहरुलाई प्रसुति लिन जादा वा फर्कदा खर्च बापत २ हजार उपलब्ध,अपाङ्गताको लागि परिचयपत्र बितरणका लागि स्थानिय समन्वय समितिले पुर्णता दिने,भुउपयोग छेटयाउने लगायतका धेरै एजेन्डहरुमा छलफल भएको बताएका छन् ।








