समय : ११:०० pm | बिहिबार , चैत्र ५ गते २०८२

दशैँको चटारोमा जनप्रतिनिधिहरु सामाजिक सुरक्षा भत्ता बाड्दै

स्वर्गद्वारी अपडेट | असाेज १२ गते २०७९
    बबिता रिजाल , प्युठान मान्डबी गाउँपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्तरगतको रकम घर–घरमा पुगेर वितरण गर्न शुरु गरेको छ । गाउँपालिका कर्मचारी र वडा अध्यक्षहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, महिला विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई घर–घरमा पुगेर भत्ता वितरण गर्न थालेका हुन् । दोस्रो  स्थानीय  निर्वाचन भएको चालु आर्थिकको वर्षको त्रमाशीक मान्डबी गाउँपालिका  जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई हरुलाई घर–घरमा नै पुगेर वितरण गरेका हुन् । सरकारले स्थानीय  स्वामित्वको बैँकमा सामाजिक शुरक्षा भत्ता जम्मा गर्ने प्रावधान ल्याएपनि यो प्रकृया  झण्झटिलो भएकाले उनीहरुलाई घर–घरमा नै पुगेर भत्ता बाँड्ने काम शुरु गरिएको गाउँ पालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी  बताए । माण्डबि गाउँपालिकाले चालु आर्थिक बर्षमा अनुमानित रकम ६ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा गरिएको पालिकाले जानकारी दिएको छ । अहिलेसम्म  मान्डबी गाउँपालिका ५ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने अन्तरगत अपाङ्ग, विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरु १६ सय ९ जनामध्ये १२ सय ५१ जनाले भत्ता पाइसकेको पन्जिकरण शाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्