समय : ११:०१ pm | बिहिबार , चैत्र ५ गते २०८२

७ नं वडा कार्यलयको सोमबार उद्धघाटन

स्वर्गद्वारी अपडेट | असाेज १० गते २०७९
बिबश जि एम प्यूठान ०७९ असोज १०, नौबहिनी गाउँपालिका वडा नं ७ थात्राको वडा कार्यलयको सोमबार उद्धघाटन भएको छ । कार्यलयको भवन गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले गरेका हुन् । भवनको शिलन्यास २०७८ मंसिर २ गते गरिएको थियो भने निर्माण सम्पन्न २०७९ असोज ६ भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । भवनको लागि स्थानिय लोक बहादुर खडका सहितका टिमले ३ रोपनी जग्गा निशुल्क रुपमा वडालाई दिएपछि नयाँ भवन निर्माण भएको होे । ५० लाखको गाउँपालिकाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै थापाले निशुल्क रुपमा जग्गा प्रदान गर्ने स्थानियलाई धन्यबाद समेत दिनुभएको छ । साथै उहाँले ७ नं वडा कान्छो भएको भन्दै सेवा प्रवाहमा कुनै पनि काममा ढिलासुस्ती गरेर जनतालाई दुःख नदिन समेत वडालाई आग्रह गरे । त्यस्तै उद्धघाटन कार्यक्रममा जग्गा सहयोग गर्ने सहयोगिहरुलाई वडाले सम्मान पनि गरेको छ । उद्घाटन समारोहमा नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आथित्यता रहेको थियो भने उपाध्यक्ष बिस्णा थापा र निमित्त प्रमुख प्रशासकिय अधिकृत अर्बिन्द्र बर्माकोे बिशेष आथित्यता थियो । कार्यक्रममा पालिकाका कर्मचारी, स्थानीय राजनीतिदलका प्रतिनिधिहरु, बुद्धिजिबि र स्थानीय बासीहरुको सहभागिता रहेको थियो।

यो पनि पढ्नुहोस्