बबिता रिजाल , प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फाेप्लिकाे प्रशासकीय भवन मंगलबार उद्घाटन गरिएको छ । भवनको सिलन्यास आर्थिक बर्ष २०७८ फागुन ५ गते भई ०७९ साउन २७ गते निर्माण कार्य सम्पन्न भएको साेहि वडाका वडा अध्यक्ष मान बहादुर के. सि ले जानकारी दिए । उद्घाटन समारोहमा नाैबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आथित्यता रहेकाे थियो भने उपाध्यक्ष बिस्णा थापा र प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा पालिकाका कर्मचारीहरु , स्थानीय राजनीतिदलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबि र स्थानीय बासीहरुकाे सहभागिता रहेको थियो। साथै यसै अवसरमा स्वास्थ चौकिको भवनको तला थपको उद्घाटन पनि भएको अध्यक्ष के .सि ले जानकारी दिए ।








